नेपालले पाकिस्तानी टोलीविरुद्ध १७९ रनमा अलआउट

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १३:३२

मकवानपुर । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपाल १ सय ७९ रनमा समेटिएको छ । नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो ।

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे। कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौँ विकेटका लागि २८ रनको साझेदारी भएको थियो ।

पाकिस्तानका सहनवाज दहानीले ५ र मुहम्मद वासिमले ४ विकेट लिए। सोमपालले एक सय १ बलमा २ छक्का र ९ चौका प्रहार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*