कोरा साइकल रेस् हेटौंडामा

बकैया दर्पण संवाददाता
२८ असार २०८०, बिहीबार १२:१०

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्जको आयोजना गर्ने भएको छ । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो ।

सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो । संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गर्न लागेको हो ।

बिशेष गरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्जमा २० वटा भन्दा बढी मन्दिर परिक्रमा पछि भुटनदेवी मन्दिरमा कार्यक्रमको समापन गरिने सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शनिबार बिहान ६ः०० बजे हेटौंडा–४ हुुप्राचौरस्थित पशुपतिनाथ मन्दिरबाट सुरुभई रानीमन्दिर, कुुष्माण्ड सरोवर त्रिबेणीधाम, रामहनुमान मन्दिर, ब्रम्हकुमारी राजयोग, सन्तोषिमा, रत्नकाली, दक्षिणकाली, मुक्तिनाथ, मुक्तेश्वर, बुढानीलकण्ठ, कल्याणेश्वर, लक्ष्मीनारयण, कृष्णप्रणामी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पुण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायतको मन्दिर परिक्रममा गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*