आयरल्यान्डसँग नेपाल पराजित, विश्वकप छनोटमा नेपाल ८ औं स्थानमा

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १०:१८

एजेन्सी । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा आयरल्यान्डसँग नेपाल पराजित भएको छ ।

मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो ।

आयरल्यान्डसँग पराजित भएपछि प्रतियोगितामा नेपालले ८ औं वरीयता प्राप्त गरेको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्डले ४९।२ ओभरमा ८ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*