भारतलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि 

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १०:१६

एजेन्सी । साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

बैंग्लोरमा मंगलबार राति भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुट आउटमा हराउँदै भारतले उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुट आउटमा भारत ५–४ ले विजयी भयो । सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत च्याम्पियन बनेको हो ।

समूह चरणको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । साफ च्याम्पियनसिपको १४ संस्करणमध्ये भारतले नवौं पटक उपाधि जितेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*