नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य

नरेन भट्टको शतक
बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १०:३०

एजेन्सी । नेरन भट्टको शतकको मद्दतमा नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा मलेसियालाई रनको २ सय ५३ विशाल लक्ष्य दिएको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ।

नेपालका लागि नरेन भट्टले नटआउट १ सय १२ रन बनाए। उनले १० चौका र २ छक्काकमो मद्दतमा ११२ रन बनाएका हुन्। ओपनर सुर्यांशुु कोइरालाले १८ रन बनाए। अर्का ओपनर निरजकुमार यादव ४७ रन बनाएर आउट भए भने दिपु कुमार ५ तथा प्रतिक भट्टराई १ रनमा रन आउट हुन पुगे। पाँचौ नम्बरमा ब्याटिङमा आएका सन्तोष यादव २६ रनमा पेभिलियन फर्किए। कप्तान अविशेक तिवारी ४ रनमा आउट भए। २ बल खेलेका उनले पहिलो बलमा चौका हानेका थिए भने अर्को बलमा आउट हुन पुगे। अशोक धामीले ११ रनको योगदान गरे।

मलेसियाका मोहम्मद अक्रमले ३ तथा अरिन अकिल र मोहम्मद फतुलले समान १/१ विकेट लिए।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ।सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*