विश्वकप छनोट क्रिकेटको सातौं स्थानको लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १०:२३

मकवापुर । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि मंगलबार नेपालले आयरल्याण्डसँग खेल्नेछ ।

विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ ।

प्ले अफ् फाइनलमा पुग्न नेपालले यसअघि युएईलाई हराएको थियो । टेस्ट टोली आयरल्यान्डविरुद्ध मंगलबारको खेल नेपालको लागि कठिन हुनसक्छ ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे जिम्बाबेको राजधानी हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

यस खेलको विजेता सातौं र पराजित हुने टोली आठौं स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिताको अन्त्य गर्नेछन् ।

नेपालले एक दविसिय अन्त्राष्ट्रिय क्रिकेटमा पहिलो पटक आयरल्यान्डसँग खेल्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*