नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा

थाईल्यान्ड ४४ रनमा अलआउट
बकैया दर्पण संवाददाता
१३ असार २०८०, बुधबार ११:५४

एजेन्सी । नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ ।

आज भएको खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो ।

थाईल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । अरु ९ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै अशोक धामीले ३ विकेट लिए । अभिषेक तिवारीले २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । समूह ‘ए’ बाट नेपाल र मलेसिया सेमिफाइनलमा पुगे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाई ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*