साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती

बकैया दर्पण संवाददाता
९ असार २०८०, शनिबार १०:१०

एजेन्सी । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने दाउमा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाल साविक उपविजेता हो भने भारत विजेता । पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्ने दाउमा छ । नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिप फुटबलको जारी संस्करणमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

घरेलु टोली भारत नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी मानिन्छ । विश्व फुटबल महासंघ ९फिफा० को वरीयतामा पनि भारत नेपालभन्दा निकै अगाडि छ । पछिल्लो फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ भने नेपाल १७४औँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*