आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

जित्नै पर्ने दबावमा नेपाल
बकैया दर्पण संवाददाता
९ असार २०८०, शनिबार १०:०६

एजेन्सी । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् ।

जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ । नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ भने नेपालको समूह चरणको आजको खेल अन्तिम हो । आजको खेलमा सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्नेछ । नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको हार व्येहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिनेछ ।अहिलेसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । नेपालले उच्च मनोबलका साथ सुपर सिक्समा पुग्नेगरी खेल्नु पर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*