शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेले

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०८०, सोमबार ०६:४५

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे । फ्रेन्ड्सका अमित तामाङले गाेल गरे ।

बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १/१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*