आज नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा मलेसियासँग खेल्दै

बकैया दर्पण संवाददाता
२१ जेष्ठ २०८०, आईतवार १०:४८

मकवानपुर । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*