शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई हरायो

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार ०७:४७

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो । पुलिसका लागि मोसेसले गोल गरे । जितसँगै पुलिस ३४ अङ्ककासाथ चौथो स्थानमा यथावत् छ । एनआरटी २९ अङ्ककासाथ दशौँ स्थानमा छ ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् ।

फ्रेन्ड्स २५ अङ्कसहित १३औँ स्थानमा कायमै छ । २९ अङ्क रहेको हिमालयन शेर्पा सातौँ स्थानमा छ । आजको तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले पुछारको एफसी खुमलटारलाई हराएको छ । बराबरीतर्फ गएको खेलको इन्जुरी समयमा गोल गरेर मनाङले महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो ।

मनाङ ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । खुमलटार २४ अङ्क जोडेर पुछारमा छ । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*