स्पेनिस क्लब सेभियालाई युरोपा लिग फुटबलको उपाधि

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १०:१४

एजेन्सी । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ ।

हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए।एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो ।

फ्रान्स विरुद्धको विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि पेनाल्टीमार्फत विजयी गोल गरेका गोन्जालो मोन्टिएलले बुधबार सेभियाका लागि पनि विजयी गोल गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो ।

टाइ ब्रेकरमा सेभिया ४–१ ले विजयी भयो । बुधबार रातिको जितसँगै सेभियाले युरोपा लिग फुटबलको फाइनलमा पुगेको सातै अवसरमा उपाधि जित्ने किर्तीमान पनि बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*