शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै दाेस्राे स्थानमा उक्लियाे

बकैया दर्पण संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार १९:२१

मकवानपुर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले आर्मीलाई २–० गोलले हरायो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोबीले गरे ।

याे जितसँगै जावलाखेल युथ क्लब अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । जावलाखेलकाे २३ खेलमा ३७ अङ्क छ । आर्मी उति नै खेलमा ३० अङ्कका साथ पाँचौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*