प्रिमियर लिगको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०८०, सोमबार ०९:०९

मकवानपुर । इङ्ग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।  गएराति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो ।

यस्तै, अरु खेलमा आर्सनल, एस्टोन भिल्ला, एभर्टन, टोटनह्याम, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।  म्यानचेस्टर युनाइटेडले फुलहम, लेस्टरले वेष्ट ह्याम र एस्टन भिल्लाले ब्राइटनलाई समान २–१ गोल अन्तरले हराएका हुन् भने लिड्स युनाइटेड टोटनह्यामसँग ४–१ गोल अन्तरले पराजित भयो ।

त्यसैगरी, आर्सनलले वुल्स्लाई ५–० गोलले र एभर्टनले बर्नमाउथलाई १–० गोलले हराए । यस्तै, साउथह्याम्टन र लिभरपुलले ४–४ गोलको बराबरी खेले भने चेल्सी र न्युक्यासल तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेले ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*