प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड हालाण्डलाई

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०९:५१

मकवानपुर । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।

हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनकाे प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।

सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । हालाण्डले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*