मेस्सीको कीर्तिमानी गोलसँगै पीएसजी लिग वान च्याम्पियन

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०९:४८

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्टार्सबर्गमा बराबरी खेल्दै कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

घरेलु टोली स्टार्सबर्गसँग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजी लिग वानको एक खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । च्याम्पियन बनेसँगै पीएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई पछि पारेको छ ।

खेलको ५९औँ मिनेटमा मेस्सीको गोलबाट पीएसजीले अग्रता लिएको थियो । यो गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् ।

मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो । खेलमा ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गर्दै टोलीलाई रेलिगेसनबाट जोगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*