एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दै

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार ०९:५९

मकवानपुर । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ ।  आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । काजकिस्तान समूह ‘बी’ को विजेता टोली हो ।

आज हुने अर्को सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनलका विजेता टोलीबीच आइतवार फाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*