कोपा इटालियाको उपाधि इन्टरलाई

एजेन्सी । इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २९ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए ।
इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो ।