मुम्बई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा लखनउलाई ८१ रनले हराउँदै

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०८०, बिहीबार ०९:२९

मकवानपुर । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो ।मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो ।

लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४० रन बनाए । लखनउका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । मुम्बईका आकाश मधवालले ३ ओभर ३ बलमा ५ रन खर्चिएर ५ विकेट लिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १/१ विकेट लिए । लखनउका तीन जना खेलाडी रन आउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

मुम्बईका क्यामरन ग्रीनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन जोडे । लखनउका नविन उल हकले ४ विकेट लिए । यश ठाकुरले ३ र मोहसिन खानले एक विकेट लिए । दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबिच फाइनल पुग्न खेल हुनेछ ।  पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*