शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज र हिमालयन शेर्पाकाे बराबरी, आर्मीले फ्रेन्ड्सलाई हरायो

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०८०, सोमबार १९:१७

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन् । चर्च ब्वाइज २० खेलमा ३७ अङ्कसहित शीर्ष स्थानमा छ भने हिमालय शेर्पा २६ अङ्कसहित सातौँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हराएको छ । जितसँगै आर्मी २९ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । फ्रेन्ड्स २१ अङ्कसहित ‘रेलिगेशन जोन’ मा रहेको छ ।१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*