एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायाे

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०८०, सोमबार १९:०९

मकवानपुर ।  एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित्यो ।

एसियाको मध्यम स्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ । आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई  २७–२५, २५–२० र २५–१४ को सेटमा हरायो ।

यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३–० को सोझो सेटमा हरायो  । भारतले बङ्लादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो । आजै बेलुका ७ बजे माल्दिभ्स र काजकिस्तानले खेल्नेछन् । प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

नेपालले भोलि बङ्लादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*