म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार ०९:२४

मकवानपुर । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बन्यो । दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ ।

यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ । उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ । सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ । गएरातिको खेलमा आर्सनल नटिङघम फरेस्टसँग १–० गोलले पराजित भयो ।

खेलको पहिलो हाफमा ताइओ एवोनियीले गरेको गोल नै निर्णायक बन्यो । आर्सनल ३७ खेलमा ८१ अंकका साथ दोस्रो स्थानमा छ । गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथलाई १–० गोलले हरायो । त्यस्तै लिभरपुल र एस्टन भिल्ला तथा उल्भ्स र एभर्टनले १–१ गोलको बराबरी खेले । फुलहम र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । ब्रेन्टफोर्डले टोटनहमलाई ३–१ गोलले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*