कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार ०९:१४

मकवानपुर ।कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

उसका रिंकु सिँहले अविजित ६७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जेसन रोयले ४५ रन जोडे । लखनउका रवि बिश्नोई र यश ठाकुरले २/२ विकेट लिए । त्यसअघि लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका निकोलस पूरनले ५८ रन बनाए ।

कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव अरोराले समान २–२ विकेट लिए ।  जितसँगै लखनउ १४ खेलमा १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । प्ले अफबाट बाहिरिएको कोलकाताको १४ खेलमा १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई सुपर किंग्स प्ले अफमा पुग्यो। १४ खेलमा १७ अंक रहेको चेन्नई तालिकाको दोस्रो स्थानमा र १३ खेलमा १८ अंक रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*