इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हरायो

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०८०, शनिबार ०९:३६

मकवानपुर ।   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ । गएराति हिमाञ्चल प्रदेशकाे धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्धशतक बनाए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोडे । शिमरोन हेटमारले ४६ रन बनाए ।

पन्जाबका कागिसो रवाडाले २ तथा साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका साम करनले अविजित ४९ रन बनाए । त्यस्तै जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए । जितसँगै राजस्थानको १४ खेलमा १४ अंक भएको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अंक रहेको पन्जाब आठौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*