शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम एनआरटी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०९:१३

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।

आज बिहीवार दशरथ रङ्गशालामा भएको अर्को खेलमा एनआरटी र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेले । याे बराबरीसँगै जावलाखेल १९ खेलमा ३२ अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ भने एनआरटी उति नै खैलमा २८ अङ्कसहित आठौँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारमा हुने दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*