शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ४–१ गाेलले हरायाे

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८०, बिहीबार १९:३७

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएकाे छ ।

आज बिहीवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गाेलले हरायाे । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १/१ गोल गरे । फ्रेन्ड्सका श्यामबाबु क्यापछाकीले १ गोल फर्काए ।

याे जितसँगै जावलाखेल अङ्क तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । जावलाखेलको १७ खेलमा ३० अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा १९ अङ्कसहित ११ अ‍ौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*