नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८०, बिहीबार १९:२९

मकवानपुर । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज बिहीवार यसबारे जानकारी दिएकाे हाे । मलेसियाकाे घरेलु मैदानमा हुने प्रतियाेगिता आउँदाे मे २९ मा सुरु हुनेछ । दाेस्राे खेलमा नेपाल र मलेसियाले मे ३० मा खेल्नेछन् । यस्तै तेस्राे खेल जुन १, चाैथाे खेल जुन ३ र पाँचाैँ तथा अन्तिम खेल जुन ४ मा हुनेछ ।

नेपालले पछिल्लो पटक एसीसी वुमन्स टी–२० च्याम्पियनशिप खेलेको थियो । नेपाल त्याे प्रतियाेगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*