इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार ०८:४०

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ ।  वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका सूर्यकुमार यादवले ८३, नेहाल वादेराले अविजित ५२ र इशान किशनले ४२ रन जोडे । त्यसअघि बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

कप्तान फाफ डु प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे । जितसँगै मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*