युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिचको खेल बराबरी

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार ०८:३४

मकवानपुर । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिचको खेल बराबरी भएको छ । रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा गएराति भएको खेलमा १–१ गोलको बराबरी भएको हो ।

रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिए पनि दोस्रो हाफमा सिटीले गोल फर्कायो । रियलका भिनिसियसले खेलको ३६ औँ मिनेटमा र सिटीका केभिन डे ब्रुएनाले ६७ औँ मिनेटमा गोल गरे । सेमिफाइनल चरणको दोस्रो खेलमा आजराति इन्टर मिलान र एसी मिलान खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*