म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

बकैया दर्पण संवाददाता
२१ बैशाख २०८०, बिहीबार ०९:२६

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड, नाथन एके र फिल फोडेनले गोल गरे । हालाण्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्दै कीर्तिमान बनाएका छन् । उनले ३३औं खेलमा यो कीर्तिमान बनाएका हुन् । जितसँगै सिटीले ३३ खेलमा २५ जितसहित ७९ अङ्क जोडेको छ ।

आर्सनलको ३४ खेलमा २४ जितसहित ७८ अङ्क छ । अर्को खेलमा लिभरपुलले फुलह्यामलाई १–० गोलले हराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*