छैठौं गोलबजार गोल्डकपको उपाधि मकवानपुरलाई

बकैया दर्पण संवाददाता
१९ बैशाख २०८०, मंगलवार ०८:४५

मकवानपुर । छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ । सिराहामा आज (सोमबार) सम्पन्न फाइनल खेलमा स्थानीय सलहेस युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । पहिलो सहभागितामै मकवानपुर–११ ले उपाधि जितेको हो ।

अफ्रिकी खेलाडी सम्मिलित सलहेसलाई फराकिलो गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ ले उपाधिसँगै २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको सलहेस युवा क्लबले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*