शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पराजित

बकैया दर्पण संवाददाता
१८ बैशाख २०८०, सोमबार ०९:३२

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ । एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो ।

यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*