आज ‘ए’ डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

बकैया दर्पण संवाददाता
१७ बैशाख २०८०, आईतवार ०९:५०

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुने भएको छ । जसमा दुई खेल दशरथ रङ्गशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

रङ्गशालामै हुने अर्को खेल हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । हिमालयन र आर्मीबीचको खेल शनिबार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो ।

यस्तै, एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । यो खेल पनि शनिबार नै रङ्गशालामा हुने तय थियो । तर, भारी वर्षा र चट्याङको कारण खेल स्थगित भएको हो ।

यसैगरी, एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । सङ्कटा र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*