पन्जाबको जितमा र्शदिपको सानदार बलिङ

बकैया दर्पण संवाददाता
१० बैशाख २०८०, आईतवार ०७:१४

एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई ईन्डियन्सलाई पन्जाब किंग्सले पराजित गरेको छ।

वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको छ । पन्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन मात्र बनायो ।

मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय ईनिङ खेले । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन बनाए । सुर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए ।

ओपनर तथा कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । टिम डेबिडले १३ बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । पन्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन,नाथन एलिसले १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । पन्जाबका लागि कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । पन्जाबले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

पाँचौ विकेटका लागि कप्तान करन र सिंहले ४८ बलमा ९२ रनको सानदार साझेदारी गरे । जितेश शर्मा ७ बलमा ४ छक्काको सहयोगमा २५ रन बनाए । अथर्व ताईडेले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । प्रभशिमरन सिंहले १७ बलमा २६ रन बनाउँदा म्याथ्यु शर्टले १० बलमा ११ रन बनाए ।

मुम्बईका लागि पियुष चावला क्यामरुन ग्रीनले समान २र२ र जेसन बेहरानड्राफ्ट,जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १र१ विकेट लिए । सात खेलमा चार जित र तीन हार व्यहोरेको पन्जाब १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा उक्लिएको छ।

छैटौं खेलमा तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको सातौं स्थानमा कायमै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*