इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउसँग राजस्थान १० रनले पराजित

बकैया दर्पण संवाददाता
७ बैशाख २०८०, बिहीबार ०९:०१

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । उसका लागि यशस्वी जयसवालले ४४ र जस बटलरले ४० रन बनाए ।

बलिङतर्फ लखनउका आवेश खानले ३ र मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउका केल मेयर्सले ५१ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ राजस्थानका रविचन्द्रन आश्वीनले २ विकेट लिए । दुवै टोलीको ६ खेलमा समान ८ अङ्क भए पनि रनरेटका आधारमा राजस्थान पहिलो र लखनउ दोस्रो स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*