इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
७ बैशाख २०८०, बिहीबार ०८:४९

मकवानपुर । इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलको दोस्रो लेगमा गएराति बायर्न म्युनिखसँग उसकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेले पनि सिटी अन्तिम चारमा पुगेको हो ।

बायर्नका किमिच र सिटीका हालाण्डले गोल गरे । पहिलो लेगमा बायर्नलाई ३–१ गोलले हराएको सिटीले बायर्नमाथि समग्रमा ४–१ को नतिजा निकाल्यो । यस्तै, बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै इन्टरमिलान पनि सेमिफाइनलमा पुगेको छ ।
इन्टर मिलान पहिलो लेगमा २–० गोलले विजयी भएको थियो । अब फाइनल प्रवेशको लागि म्यानचेस्टर सिटीले रियल मड्रिड र इन्टर मिलानले एसी मिलानसँग खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*