शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ६–१ अन्तरले हरायाे

बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार १९:०९

मकवानपुर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलाे अन्तरले हराएकाे छ ।

आज बुधवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा जावलाखेलले पुलिसलाई ६–१ गाेल अन्तरले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे जावलाखेलले दाेस्राे हाफमा पाँच गाेल गर्दै एक खाेल बेहाेर्‍याे । जावलाखेका लागि एनकाेटा मासाेबी र हिसुब थापाले दुई/दुई गर्दा फाेडे फाेफना र अब्दुलाजिज निसाेनबाभले एक/एक गाेल गरे । पुलिसका लागि माेसेस ग्याबाह टाैमले सान्त्वना गाेल गरे ।

याे जितसँगै जावलाखेल १० खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा कायमै रहँदा पुलिस उति नै खेलमा पाँच अङ्कसहित पुछारमा यथावत् छ ।

यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले हराएकाे छ । मच्छिन्द्रका लागि अर्मान्ड बेडोमले गाेल गरे ।

याे जितसँगै एपीएफ १० खेलमा १४ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा उक्लिँदा मच्छिन्द्र उति नै खेलमा १३ अङ्कसहित नवाैँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*