शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेलले मनाङलाई हरायो, मछिन्द्र र एनआरटीले बराबरी खेले

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार १९:०५

मकवानपुर ।  शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले हराएको हो । उसका एनकोटे मोसाबीले २ र फोडे फोफानाले १ गोल गरे । जितसँगै जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा छ भने १५ अंक रहेको मनाङ तेस्रो स्थानमा छ ।

आजै दशरथ रंगशालामा भएको खेलमा  साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । मछिन्द्रका नुरेन करिम र एनआरटीका स्टेफिन जुनियरले गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*