इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हैदराबादले कोलकातालाई २३ रनले हरायो

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार ०९:३९

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले हराएको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो ।

जितका लागि २ सय २९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्रै बनायो । कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै, रिङ्कु सिंह ५८ रनमा अविजित रहे ।

हैदराबादका मार्को जनसन, मयङ्क मारकान्डेले समान २ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

हैदराबादका ह्यारी ब्रुकले सय रनको अविजित शतकीय पारी खेले । कप्तान एडेन माक्ररमले ५० रन जोडे । कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए । कोलकाता ४ खेलमा ४ अङ्ककासाथ तालिकाको चौथाे स्थानमा र हैदराबाद ४ खेलमा ४ अङ्ककासाथ सातौँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*