शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

बकैया दर्पण संवाददाता
३० चैत्र २०७९, बिहीबार ०९:२१

मकवानपुर। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज अन्तिम दुई खेल हुन लागेका हुन् । आजको एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अङ्कका साथ चौथो र समान खेलमा फ्रेन्ड्स ४ अङ्कका साथ पुछारमा छ । यस्तै, एन्फा कम्प्लेक्समा पुलिस क्लब र थ्रीस्टार क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । पुलिस ७ खेलमा ४ अङ्कका साथ १३औँ स्थानमा छ । समान खेलमा थ्रीस्टार ११ अङ्कका साथ आठौँ स्थानमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*