‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल र आर्मी तथा मच्छिन्द्र र खुमलटार खेल्दै

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७९, मंगलवार १०:०५

मकवानपुर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।  लिगको आठौँ चरण अन्तर्गत आज एउटा खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । जावलाखेल ७ खेलमा १४ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी समान खेलमा ९ अङ्कक साथ आठौँ स्थानमा छ ।  यस्तै, च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच खेल हुनेछ ।

मच्छिन्द्र ७ खेलमा ९ अङ्कका साथ नवौँ र खुमलटार ७ खेलमा ७ अङ्कका साथ दशौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*