सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार ०९:४६

मकवानपुर  ।   सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछ । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटो गरी तीन खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । त्यस्तै आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै, रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*