इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले हरायाे

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार ०८:५८

मकवानपुर  । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई पराजित गरेकाे छ ।  गएराति भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हाे ।

पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर बलिङ रोजेको घरेलु टोली हैदराबादले  निर्धारित ओभरमा नौ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

आईपीएल क्रिकेट अन्तर्गत हिजाे भएकाे खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियाे । निकै रोमाञ्चक खेलमा काेलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।

अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा काेलकाताका रिङ्कु सिंहले  लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*