शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयाेगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेले

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार २०:१९

मकवानपुर  ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयाेगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीका जिलेस्पीजंग कार्कीले दुई र दीपक गुरुङले गोल गरे भने सुरोज बस्नेतले आत्मघाती गोल गरे । सातदोबाटोका माटभुरातोभ र ओसिडुले गोल गरे । सातदोबाटो १३ अङ्कसहित तालिकाकाे तेस्रो स्थानमा पुगेको छ । आर्मी ९ अङ्कसहित आठौँ स्थानमा छ ।

यसअघि आजै दिउँसाे भएका खेलमा मच्छिन्द्र क्लब र न्युराेड टिम (एनआरटी) विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*