पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोटमा नेपालले भियतनामसँग खेल्दै

बकैया दर्पण संवाददाता
२२ चैत्र २०७९, बुधबार ०९:५५

मकवानपुर । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधवार भियतनामसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाममात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिवार खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*