शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा जावलाखेल युथ क्लब

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार १९:५८

मकवानपुर ।  सातदोबाटो युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा आज मङ्गलवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई २–१ गोलले हरायो । जावलाखेलका फोडे फोफाना र मोसाबीले गोल गरे भने सातदोबाटोका दिपकराजसिंह ठकुरीले एक गोल फर्काए ।

तालिकाकाे शीर्ष स्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अङ्क रहेको छ भने दोस्रो स्थानको सातदोबाटोको १२ अङ्क छ ।

आजै च्यासलमा भएको अर्काे खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज बराबरीमा रोकिन बाध्य भयो । चर्च ब्वाइजका आशिष चौधरी र अनन्त तामाङले तथा एनआरटीका रोशन खड्की र सरोज तामाङले गोल गरे ।

चर्च ब्वाइज १२ अङ्कसहित तालिकाकाे तेस्रो स्थानमा र एनआरटी ३ अङ्कसहित १३ औँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*