इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी

बकैया दर्पण संवाददाता
२० चैत्र २०७९, सोमबार ०९:०५

मकवानपुर ।   इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ ।

यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ । जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर  युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*