बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हरायो

बकैया दर्पण संवाददाता
२० चैत्र २०७९, सोमबार ०९:०३

मकवानपुर ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्लाेरले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बेङ्लाेरको जितमा विराट कोहलीले सर्वाधिक ८२ रन बनाए ।

यस्तै, फाफ डु प्लेसिसले ७३ र ग्लेन म्याक्स वेलले १२ रन जोडे । मुम्बईका अर्शद खान र क्यामरोन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, मुम्बईका नेहाल वाधेराले २१ रन बनाए भने अर्शद खान र सूर्यकुमार यादवले १५ तथा ईशान किसनले १० रन बनाए ।

बेङ्लाेरका लागि कर्ण शर्माले २ विकेट लिए भने मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक/एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो ।

आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्ने छन् । खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*