मनाङ र थ्री स्टार उपाधिका लागि भिड्दै

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७९, शनिबार १०:४५

मकवानपुर । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।

धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुई चिरपरिचित प्रतिद्वन्दी मनाङ र थ्री स्टार आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । शुक्रबार आयोजित प्रि(म्याच कन्फरेन्समा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफुले जित्ने दाबी गरेका थिए ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोली सहभागि थिए ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*